घिसिङलाई पुनः नियुक्तिको कुनै निर्णय भएको छैनः डा. खतिवडा

काठमाडौँ, भदौ ११ गते । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको विषयमा सरकार समक्ष कुनै औपचारिक प्रस्ताव नआएकाले त्यसमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन सञ्चार मन्त्रालयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले उहाँलाई सामाजिक सञ्जालले पुनः नियुक्ति गरेको टिप्पणी गर्नुभयो । “यस विषयमा सरकारलाई थाहा छैन, बाहिर आएको सूचनामा सत्यता छैन” उहाँले भन्नुभयो । केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइनमा घिसिङ पुनः नियुक्तिको सूचना प्रवाह हुँदैआएको थियो ।

सोहीअनुसार कोभिड १९ रोकथाम तथा व्यवस्थापनको काममा सरकार निरन्तर लागिपरेकाले नागरिकलाई जिम्मेवार बन्न मन्त्री खतिवडाले आग्रह गर्नुभएको छ । “नागरिक जिम्मेवार तथा अनुशासित भएमा कोभिड १९ सङ्क्रमण हुन पाउँदैन, सङ्क्रमण नबढेमा निषेधाज्ञा पनि लागू हुँदैन” उहाँले भन्नुभयो । लकडाउन, निषेधाज्ञा गर्ने सरकारको रहर नभई बाध्यता भएको उहाँले प्रष्ट पार्नुभयो ।

सरकारले पठाएको रकमको चौमासिक प्रतिवेदन सरकारलाई पठाउनुपर्ने, नपठाएमा रकम निकासा नहुने, तोकिएकै ठाउँमा खर्च हुनुपर्ने सरकारले भनेको छ । सहन्यायधिवक्ता पदमा ज्ञानप्रसाद भुजेललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, उद्योग मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्नेगरी जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

श्रीलङ्का सरकारद्वारा आयोजना हुने २१ औँ बिमिस्टेक सिनियर अफिसर्स मिटिङका लागि परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यो बैठक भर्चुअल हुने डा. खतिवडाले जानकारी दिनुभयो । सोहीअनुसार सार्क स्तरीय मन्त्रीको भर्चुअल बैठकका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

प्रमुख सेनानी सरोजकुमार अधिकारीको बढुवा, नेपाली सेनाका प्राविधिक प्रमुख सुमित्रा मुलेपतिलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ । वन मन्त्रालयका लागि आ.व. ०७७/०७८ का लागि राजपत्राङ्कित श्रेणीका ४५ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा उच्च शिक्षाका लागि विदेशी विश्व विद्यालयमा अधययनका लागि जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कामलाई पुनः सञ्चालन गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो ।

नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव उदयबहादुर रानामगर र सहसचिव नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित गृह मन्त्रालयको उत्तर–पश्चिममा रहेको खाली जग्गा ४३ रोपनी ६ आना जग्गा सेनाको चण्डीदल गणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

लोकसेवा आयोगबाट सिफारिस भएका नेपाल स्वास्थ्य सेवाको ११ औँ तहमा पदोन्नति गर्ने निर्णय पनि गरेको छ । पदोन्नति हुनेमा डा. रश्मी शर्मा, वर्षा थापा र लिली श्रेष्ठ रहनुभएको प्रवक्ता डा. खतिवडाले जानकारी गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter