थप एक हजार १११ काेराेना सङ्क्रमितसँगै कुल ३५ हजार ५२९; उपत्यकामा ३७७ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ ११ गते । नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।

थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौ हजार ६३ रहेका छन् ।

आइसीयूमा १४९ जना

प्रदेश १ मा ११, प्रदेश २ मा ४४, बागमतीमा ७३, गण्डकीमा तीन, प्रदेश ५ मा १८ रहेका छन् । कर्णाली र सुदूरपश्चिममा कोही पनि आइसीयूमा रहेका छैनन् ।

भेन्टिलेटरमा १७ जना

भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

डिस्चार्ज २० हजार ७३, निको हुने दर ५६ प्रतिशत

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ७३ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।

नौवटा जिल्ला पाँच सयभन्दा माथि

मोरङ, धुनषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौँ, ललितपुर जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित शुन्य भएका जिल्ला

नेपालमा दुईवटा जिल्लाहरू सङ्क्रमित शून्य रहेका छन् । मुस्ताङ र हुम्ला मात्र अहिले सङ्क्रमित शून्य भएका छन् ।

आठ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित पाँच महिलासहित आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका थप ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ उपत्यकामा कोरोना भाइरसका ३७७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ३७७ सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना सङ्क्रमित थपिएको जनाएको छ ।

यसअघि बुधबार उपत्यकामा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ३०१ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter