थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

काठमाडौँ, भदौ १२ गते । नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।

आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेर उपचार भइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ९३९ रहेका छन् ।

१२ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा कोरोनाका ४१५ जना सङ्क्रमित थपिए

काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ४१५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाैँमा ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार २२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । चौबीस घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । बिहीबार काठमाडाैँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ३७७ जना सङ्क्रमित पुष्टि भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter