थप ८८४ जना सङ्क्रमितसहित ३७ हजार ३४० पुग्याे; काठमाडौँ उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ १३ गते । नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३४० पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

काठमाडौँ उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का १८६ सङ्क्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामा १८६ सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडाैँमा सबैभन्दा बढी काठमाडाैँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना थपिएको जानकारी दिनुभयो ।

पछिल्लो चौबीस घण्टामा काठमाडाैँको पाटन अस्पतालमा मात्रै दुई जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार ५१६ ज्नाको आरटी पीसीआर परीक्षण गरिएको छ । यसअघि मन्त्रालयले दश हजार ५२९ जनाको पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएको जनाएकोमा पछि ११ हजार ५१६ जनाको परीक्षण गरेको जनाएको छ ।३१३ जना सङ्क्रमित पछिल्लो चौबीस घण्टामा निको भएर घर फर्केको मन्त्रलायले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter