स्वास्थ्य तालिम कार्यक्रम खारेज गरेकोप्रति प्राविधिक शिक्षालय महासंघको आपत्ति

काठमाडौँ, भदौ १३ गते । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा सञ्चालित १८ महिने स्वास्थ्य तालिम कार्यक्रमहरू खारेज गरेकोप्रति निजी प्राविधिक शिक्षालय महासंघले आपत्ति जनाएको छ ।

महासंघले २५ वर्षदेखि अविच्छिन्न सञ्चालित कार्यक्रमहरू हठात् र षडयन्त्रपूर्वक खारेज गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले सिटिइभिटीअन्तर्गत सञ्चालित सिएमए, एएनएम, ल्याब एसिस्टेन्ट र आयुर्वेदलगायत टिएसएसली र एसइईस्तरका १८ महिने स्वास्थ्य तालिम कार्यक्रमहरू चालू शैक्षिक सत्रहरूबाट सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

महासंघका महासचिव दुर्गाप्रसाद भुसालले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगका नाउँमा कार्यक्रमहरू खारेज हुनु गलत भएको भन्दै ध्यानाकर्षण गराएका छन् । ‘सरोकारवालाहरूसँग कुनै पनि छलफल नगरी भावना, योजना र विकल्पसमेत नदिई अन्यायपूर्ण तवरले आकस्मिक रूपमा बन्द गर्ने निर्णयप्रति हाम्रो आपत्ति छ,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघका अनुसार मुलुकभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार प्रशिक्षार्थीमा समेत आतंक सिर्जना भएको महासंघले जनाएको छ । निजी प्राविधिक शिक्षालयहरूले वार्षिक रूपमा पाँच करोडबराबर राजस्व सरकारलाई बुझाउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले निजी सञ्चालकहरूको दश अर्बबराबरको लगानी, सिटिइभिटीमा ५० करोड रुपैयाँबराबरको नगद धरौटी तथा प्रत्यक्ष रूपमा पाँच हजारजनाको रोजगारी रहेको वर्तमान अवस्थामा यथोचित मूल्यांकन गरी निर्णयमा पुनर्विचार र मूल्यांकन गर्न महासंघले आग्रह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter