थप एक हजार २२१ सङ्क्रमित, कुल ३८ हजार ५६१; काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ १४ गते । नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ७९७ रहेका छन् ।

मृत्यु १४ जना, कुल २२१ पुग्याे

पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौँ उपत्यकाका थप ४२९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँका ३७२ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४२९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter