थप एक हजार ३९ जना सङ्क्रमितसहित कुल ५४ हजार १५९; काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमण

काठमाडौं, भदौ २८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ

संस्थागत अाइसाेलेसनमा सातहजार ७३१ र हाेम अाइसाेलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छहजार ५३६ रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेकाे छ ।

यस्तै, राससका अनुसार आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ ।

असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने

बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे आम नेपालीमा सचेतना फैलाउने उद्देश्यले आगामी असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने भएको छ । मन्त्रालयको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका डा तारानाथ पोखरेलले आगामी असोज १ गते (सेप्टेम्बर १७, २०२०) मनाउन लागिएको विश्व बिरामी सुरक्षा दिवसका बारेमा गरिने कार्यक्रमको जानकारी गराउनुभयो ।

उहाँका अनुसार सन् २०१९ को मे मा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले १९४ देशको सहभागितामा गरेको निर्णय अनुसार सोही वर्षको सेप्टेम्बर १७ देखि विश्व बिरामी दिवस मनाउने घोषणा गरेको थियो । सोही वर्षदेखि नेपालमा पनि दिवस मनाउन शुरु गरियो । नेपालले गत वर्ष पनि यो दिवस मनाएको थियो । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ साताव्यापीरुपमा दिवस मनाउन लागिएको हो ।

‘स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथमिकता, सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइने डा पोखरेलले बताउनुभयो । देशका तीनै तहका सरकार, स्वास्थ्य तजा जनसंख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रतिष्ठान, अस्पताल, निजी क्षेत्रका मेडिकल कजेललगायतले आ–आफ्नो ठाउँबाट दिवस मनाउन मन्त्रालयले आग्रह गरेको छ ।

दिवसका दिन असोज १ गते साँझ ७ः०० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिनेछ । सोही दिन राति ८ः०० बजे देभर घर घरमा दीपावली गर्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीको सम्मान तथा कोरोनाबाट सङ्क्रमित व्यक्तिको मनोबल बढाउन तथा कोरोनाबाट मृत्यु भएकाको सम्झनामा सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमण

काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ४८३ जना छन् । ललितपुरका ३३ र भक्तपुरका ८१ जना छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १७८ महिला र ३०५ पुरुष, ललितपुरमा १६ महिला र १७ पुरुष तथा भक्तपुरमा २२ महिला र ५९ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter