थप एक हजार १७० सहित ५५ हजार ३२९ सङ्क्रमित, १५ जनाकाे मृत्यु; काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, भदौ २९ गते । नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ

हाेम अाइसाेलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेकाे छ । सकृय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा छहजार ८९२ रहेका छन् ।

१५ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३६० पुगेकाे छ ।

यस्तै, राससका अनुसार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै अहिलेसम्म कूल आठ लाख ५१ हजार ४०५ जनामा पिसिआर परीक्षण गरिएको छ । यस्तै विगत २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन । कोभिड १९ जितेर ७१.५४ प्रतिशत सङ्क्रमित घर फर्किसकेका छन । यस्तै सङ्क्रमितमध्ये १५ हजार ३९३ सक्रिय छन । यस्तै सात हजार २७५ होमआइसोलेसन, आठ हजार ११८ संस्थागत आइसोलेसन र छ हजार ८९२ जना क्वारेन्टिनमा छन ।

यसैगरी सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आइसियु)मा १७९ र भेन्टिलेटरमा २९ जना रहेका छन । आइसियुमा प्रदेश नं. १ मा पाँच, प्रदेश नंं २ मा नौ, वागमतीमा १२९, गण्डकीमा छ, प्रदेश नंं ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना छन । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वागमतीमा २६, प्रदेश नं. ५ मा एक र सूदुरपश्चिम प्रदेशमा एक जना रहेका छन ।

सात जिल्ला संक्रमण शून्य

मन्त्रालयका प्रवक्ता डा. गौतमा अनुसार ५०० भन्दा बढी सङक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र रुपन्देही छन् । सङ्क्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा ४३ र भक्तपुरमा २९ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १४१ महिला र २९९ पुरुष, ललितपुरमा २८ महिला र १५ पुरुष तथा भक्तपुरमा ११ महिला र १८ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ८७९ जना कोरोनाभाइरस सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म ३९ हजार ५७६ जना कोरोनामुक्त भएका छन् । कोरोना सङ्क्रमित निको हुने दर ७१.५ प्रतिशत पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter