सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए..

तारानाथ आचार्य / बलेवा, असोज ११ गते । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन । प्रविधिको प्रयोगमार्फत हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।

पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुनसकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास ग¥यो ।

महासङ्घको सभाहल । अग्रपङ्क्तिमा बस्नुभयो प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख । उहाँहरु बाहेक पछिल्लो पङ्क्तिमा केही पत्रकार मात्रै । सामाजिक दूरी कायम गर्दै व्यवस्थापन गरिएको बसाइ । न कुनै औपचारिक भाषण न त आसन ग्रहणको व्यवस्था । पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आफैले प्रयास गर्नुपर्छ भनेर महासङ्घले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जियो ।

नेपाल चिनाउन विश्वयात्राको अभियान थाल्नुभएका गायक रामजी नेपालीले ५० देशका राष्ट्रियगान गाउनुभयो । त्यहाँ गाइएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । “हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ”, महासङ्घका अध्यक्ष दिल शिरीष भन्नुहुन्छ, “ पर्यटन दिवसमा नयाँ ऊर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।”

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्व यात्रामा निस्कनुभएका नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाउनुभयोे । उहाँले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे । नेपालीले ‘विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित थालेको विश्वयात्रामा साथ दिन र पर्यटनमा ऊर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाएको महासङ्घका सचिव राम थापा ‘अविरल’ ले बताउनुभयो ।“यो अद्भूत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ”, बागलुङ नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो, “प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मूल्याङ्कन गर्न सक्नुपर्छ ।” झण्डै छ महिनाको अन्तरमा भएको एउटा उत्साहवर्धक औपचारिक कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा सहयोग गर्ने महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसी बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter