पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

काठमाडौँ, असोज १६ गते । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवानअन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ ।

पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ शुरु गरेको टिवानका अध्यक्ष शर्माले बताउनुभयो । “टिवानअन्तर्गत रहेका सम्पूर्ण पर्यटक बस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार सञ्चालन भएका छन्”, उहाँले भन्नुभयो ।

हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनाल बताउनुहुन्छ ।

व्यवसायीले हाल बिहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter