अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउन निर्देशन

काठमाडौँ, असोज १६गते। प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले त्यस्ता महिलाको समस्या नीतिगत, व्यवहारगत हिसाबले समाधान गरी तीन तहको सरकारबीच प्रभावकारी समन्वय, सहकार्यका साथ हित प्रवद्र्धन गर्न समितिले निर्देशन दिएको हो ।

समितिका सभापति नीरुदेवी पालले नेपालमा १.९४ प्रतिशत जनसङ्ख्याका अपाङ्गता भएका व्यक्ति कोभिड –१९ का कारण बढी प्रभावित भएको देखिएको हुनाले दैनिक जीवनयापनमा अवरोध हुन नदिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको एक अधिकार सूचीमा पर्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter