थप दुई हजार ७२२ सङ्क्रमित, तीन हजार ३०७ निकाे भए; काठमाडौं उपत्यकामा एक हजार ६३८ मा सङ्क्रमण पुष्टि

काठमाडौं, असोज १७ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षणमा याे संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दशलाख ४८ हजार ६८६ पुगेको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

संक्रमणमुक्त

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने ७३.६३ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा २१ हजार २३४ जना र क्वारेन्टाइनमा चार हजार ८८५ जना छन् ।

उपचार

नेपालमा २१० जना आसीयू र २९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ६३८ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा ४७० महिला र ८१० पुरुष, ललितपुरमा ७७ महिला र ८५ पुरुष तथा भक्तपुरमा ८० महिला र ११६ पुरुष सङ्क्रमित थपिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter