दुई हजार २५३ थपिए, सङ्क्रमित ८६ हजार ८२३ पुग्यो

काठमाडौं, असोज १८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ५९९ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ३७३ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter