सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : मन्त्री गुरुङ

काठमाडौं, असोज १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले पाउँदै आएका सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैतदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

सरकारले बजेटमा हालसम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने उल्लेख गरेकाे छ । सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था मिलाउन मन्त्रालयले गृह मन्त्रालयलाई समेत पत्राचार गरेकाे छ ।

गत चैतदेखि एकल र अति अशक्त अपांगता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भन्दै राष्ट्रिय अपांग महासंघले मन्त्रालयमा निवेदन दिएपछि यो विषय बाहिर आएको हो ।

मन्त्री गुरुङले केही समययता ती भत्ताहरू रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहल जारी रहको र यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter