दुई हजार ४४० थपिए, सङ्क्रमित ८९ हजार २६३ पुग्यो

काठमाडौं, असोज १९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल २३ ह्जार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा एक हजार ५३१ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार १७८ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter