थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे

काठमाडौं, असोज २० गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

जुन कुल सङ्क्रमितको करिब ७४.३ प्रतिशत हो ।

आइसाेलेसनमा २२ हजार ७०९ पुगेकाे छ भने क्वारेन्टिनमा चार हजार २२१ जना छन् ।

सङ्क्रमितमध्ये २४३ जना आइसीयू र ४० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

यस्तै, पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । काेराेना भाइरसकाे कारणले मृत्यु हुनेकाे संख्या ५६३ पुगेकाे छ ।

काठमाडौं उपत्यकामा एक हजार १७ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १७ जना सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले काठमाडौंमा ७८३, ललितपुरमा ११६ र भक्तपुरमा ११८ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार ३४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ६७ हजार ५४२ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी, एक हजार ५५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित हुने ९० हजार ८१४ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter