नयाँ तीन हजार ४३९ जना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

काठमाडौँ, असोज २१ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को साे सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

सङ्क्रमण सक्रिय भएकामा मध्ये २३३ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ५७८ जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

काठमाडौं उपत्यकामा एक हजार ६८४ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ६८४ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार १२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ६८ हजार ५६८ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२. ९ प्रतिशत हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter