शैक्षिक संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न सैध्दान्तिक स्वीकृति

लक्की चौधरी / काठमाडौं, असोज २१ गते । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देश अझै कोरोनाको उच्च जोखिममा रहेकाले दशैं तिहार मनाउँदा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभयो ।

मानिसहरु स्वस्थ रहेमा चाडपर्वहरु फेरि आउने भन्दै मन्त्री ज्ञवालीले आशीर्वाद बचाएर राख्न सबैमा आग्रह गर्नुभयो । “काठमाडौं उपत्यकामा ४० लाखको बसोबास रहेको छ, यहाँ जोखिम अनियन्त्रित भएमा भयावह अवस्था आउन सक्छ” सरकारका प्रवक्ता ज्ञवालीले भन्नुभयो, “कोरोनाको उच्च जोखिम पनि यही उपत्यकामैं भएकाले काठमाडौंबाट घर जाँदा र घरबाट काठमाडौं आउँदा विशेष ध्यान दिन म विशेष आग्रह गर्दछु ।“

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीकाअनुसार विभिन्न देशमा कार्यरत रहेका अवैतनिक बाणिज्य तथा महाबाणिज्यदूतको कार्यकाल थप्ने निर्णय पनि गरेको छ ।

सोहीअनुसार जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय सरकारले गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, २५ जनासम्म सहभागी गराएर व्यवसायिक तालिम प्रदायक संघ संस्थालाई तालिम सुचारु गर्ने अनुमति पनि सरकारले दिएको छ ।

त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक जना महिला सदस्यको कार्यकाल सकिएकाले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयको सचिव सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ ।

सोहीअनुसार २०७७ वैशाख १४ गतेदेखि स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारुको अनुमति पनि सरकारले दिएको छ । सरकारका प्रवक्ता ज्ञवालीकाअनुसार राष्ट्रिय सूचना प्रविधि काठमाडौंका लागि आ।व। २०७७र७८ का लागि सात र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि नौ गरी जम्मा १६ जना अधिकृत स्तरका अस्थायी दरवन्दीको स्वीकृति पनि प्रदान गरिएको छ ।

मन्त्री ज्ञवालीले विज्ञापन बोर्डको २०७७र७८ का लागि अधिकृत स्तरको ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । मन्त्रिपरिषदको पछिल्लो बैठक असोज १९ गते सोमबार बसेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter