सङ्क्रमण एक लाख नाघ्याे, सक्रिय सङ्क्रमित २७ हजार, छसयकाे मृत्यु

काठमाडौँ, असोज २३ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाकाे परीक्षण गरिएकाेमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा साे सङ्क्रमितसहित एक लाख ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १० जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल छसय जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

काठमाडौं उपत्यकामा एक हजार ७०९ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ७०९ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा ११६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ६८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७३ हजार २३ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२.३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख नाघेको छ । शुक्रबार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित एक लाख छ सय ७६ पुगेको छ ।सक्रिय सङ्क्रमित २७ हजार ५३ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter