चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालन गरौँ’

काठमाडौँ, असोज २४ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्न सबैलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नैपर्ने भए कम्तिमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गर्नुभयो । प्रवक्ता गौतमले भन्नुभयो, “चाडपर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानैपर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।”

मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेला, कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अँगालाे मार्ने कुनै प्रकारको अभिवादन नगर्न पनि सबैमा आग्रह गरेको छ । प्रवक्ता गौतमले भन्नुभयो, “नाक, आँखा, मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्यँु गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोवार गर्ने बाली बासाल्नुपर्छ ।”

उहाँले उच्च जोखिममा रहेका व्यक्तिले घरबाहिर हुने मेलामा सहभागि नहुन पनि आग्रह गर्नुभयो । उहाँका अनुसार मन्त्रालयले ज्वरो, खोजी वा श्वासप्रश्वास समस्या भएका व्यक्ति, ६० वर्षभन्दा बढी उमेर भएका व्यक्ति, १२ वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजो म्बन्धी समस्या, दमलगायत दीर्घ रोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्छ ।

कार्यक्रम स्थलमा ध्रुमपान र मदिरापान पूर्णरपमा निषेधित गरिएको तथा जनस्वास्थ्यको पालन नगर्ने र जथाभावी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालले जथाभावी फोहोर नफाल्न पनि सबैमा आग्रह गरेको छ । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा केदार मरठाले मानसिक स्वास्थ्यको नियमित जाँच गर्न आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter