दुई हजार ७१ सङ्क्रमितसहित एक लाख सातहजार ७५५ जना पुग्याे

काठमाडौं, असोज २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख सातहजार ७५५ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा दुई हजार ७१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेमसहित संस्थागत अाइसाेलेसनमा बसेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । एक दिनमो यस संख्यामा मृत्यु भएको सबैभन्दा बढी हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ४१६ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४१६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४१६ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ५५२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७५ हजार ८०४ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३१ ह्जार ३१५ छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter