कोरोनाबाट प्रभावित किसानको हितमा योजना निर्माण भइरहेको छ : मन्त्री भुसाल

काठमाडौँ, असोज २५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनुभएको छ । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाउनुभयो ।

चालिसौँ विश्व खाद्य दिवसको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज राजधानीमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उहाँले एउटा किसानको जीविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गर्नुभयो । किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने उहाँको धारणा थियो ।

“उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ”, मन्त्री भुसालले भन्नुभयो, “कृषिले जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ, यसले कृषि पेशा सुनिश्चित हुँदैन ।” खाद्य दिवस मनाइरहँदा विश्वका धेरै मानिसहरू किन खाद्य सङ्कटको वरिपरि रहेका छन् भन्ने कुरा बिर्सन नहुने मन्त्री भुसालको भनाइ थियो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उहाँको भनाइ छ ।

“कृृषिमा ३० वर्षसम्म विदेशीको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो, कतै राम्रो पनि भएको छ तर धेरै जसो राम्रो भएको छैन”, मन्त्री भुषालले भन्नुभयो । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिनुपर्ने बताउनुभयो । कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो ।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताउनुभयो । उहाँले खाद्य सुरक्षाका लागि रासायनिक मल, विषादीलाई नियन्त्रण जरुरी रहेको बताउनुभयो । उहाँले कोरोनाका कारण प्रभावित भए पनि कृषि विकासका लागि यसलाई अवसरको रुपमा पनि लिनुपर्ने बताउनुभयो ।

सप्ताहव्यापी रूपमा मनाइने ४०औँ विश्व खाद्य दिवस कार्यक्रम आजबाट विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । यस वर्षको नारा ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ छ । दिवस विभिन्न कार्यक्रम गरी यही ३० गतेसम्म मनाइनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter