नयाँ चार हजार ४७ सङ्क्रमितसहित एक लाख ११ हजार दुई जना पुग्याे

काठमाडौं, असोज २६ गते । नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ होम आइसोलनसनमा १९ हजार ९५७ छन् । क्वारेन्टाइनमा चारहजार ८३१ छन् ।
आइसीयूमा रहेर २७९ जना र भेन्टिलेटरमा ६७ संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ । अहिले ६९.१२ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा दुई हजार २८३ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ४७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३३ हजार ८८० पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter