थप दुई हजार ३६८ सङ्क्रमित, कुल एक लाख १७ हजार ९९६
काठमाडौं, असोज २८ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ९४७ वटा नमूना परीक्षण गरिएकाेमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९९६ जना पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।
आइसीयूमा रहेर ३०५ जना र भेन्टिलेटरमा ७० संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।
काठमाडौं उपत्यकामा एक हजार ४०३ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २८ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४०३ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार १७४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८० हजार ९५४ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६ हजार ३६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख १७ हजार ९९६ पुगेको छ ।