थप तीन हजार ७४९ सङ्क्रमित, कुल एक लाख २१ हजार ७४५

काठमाडौं, असोज २९ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ७४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २१ हजार ७४५ जना सङ्क्रमित पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८४ हजार ५१८ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ९३५ मा सङ्क्रमण पुष्टि

काठमाडौं, असोज २८ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ९३५ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट तीन हजार ५६४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८४ हजार ५१८ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६ हजार ५३३ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter