दामनको भ-याङ छायांकन गर्ने केन्द्र बन्दै

टिस्टुङ, असोज ३० गते। पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ¥याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भ¥याङ र भ¥याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । राष्ट्रिय समाचार समिति (रासस) मा यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भ¥याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ ।

एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानद्वारा निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन यो फलामे भ¥याङमा भएको हो ।

कलाकार एवम् निर्देशक विजयश्याम अमात्यले आफ्नो भिडियो निर्देशनको यात्रामा २७ औं म्युजिक भिडियो फलामे भ¥याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताउनुभयो । रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको सङ्गीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुभाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्वअध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत यसमा अभिनय रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ ।

दामनको भ¥याङमा म्युजिक भिडियो छायांकन गर्न मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा पुग्नु भएको थियो । उहाँले आफ्नै स्वर तथा सङ्गीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको बताउनुभयो । गीतकार बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र सञ्चारकर्मी अमृत चिमोरियाको अभिनय छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ ।

“यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भ¥याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित ग¥यो”, अस्लामीले भन्नुभयो । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र भ¥याङका दृश्यहरु कैद गरिएका छन् ।

त्यस्तै फलामे भ¥याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुका लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भ¥याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter