पुस्तकमा चित्र हेरेर शुरु गरें, अहिले मासिक अढाई लाख आम्दानी

जयकृष्ण यादव / इनरुवा, कत्तिक २ गते । सुनसरीको गढी गाउँपालिका २ भमरीका ५० वर्षीय श्यामसुन्दर चौधरीले माछापालन थाल्नुभएको २८ वर्ष भयो । दुई कट्ठाबाट सुरु गर्नुभएको माछापालनबाट अहिले वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

चौधरीले २०४९ सालमा दुई कट्ठा जग्गामा स्थानीय जातको माछा पालन सुरु गर्नुभएको र एक वर्षपछि दुई बिघा १३ कट्ठा क्षेत्रफलमा पोखरी खन्न लगाएर उन्नत जातको माछापालन सुरु गर्नुभयो ।

त्यसबेला ७२ हजार रुपियाँमा जग्गा पोखरी खनाएर सुरु गर्नुभएको माछापालन यतिबेला चौधरीको लागि बरदान सावित भएको छ । साबिक औरावनी गाबिस भमरी निवासी चौधरीको आर्थिक अवस्था कमजोर थियो । हातमुख जोर्नकै समस्या भएपछि उहाँले कक्षा ८ मा पढ्दापढ्दै कितावमा माछाको तस्विर हेरेर माछापालनमा लाग्नुभएको थियो । बुवाआमाको कमाईसँगै केही आफ्नै र एक बिघा १८ कट्ठा जमिन खरिद गरी रहु, नैनी , सिल्बर, ग्रासकार, कमनकार, भाकुरसहितका सात जातको माछापालन व्यवसाय सुरु गर्नुभयो ।

सुरुमा माछाका बारेमा केही थाहा थिएन कक्षा ८ मा पढेको कितावको ज्ञानबाटै सुरु गर्नुभएको माछापालन व्यबसाय अहिले गुजारा चलाउनका लागि मात्र सीमित छैन अहिले उहाँ सफल माछा किसानको रुपमा परिचित हुनुभएको छ ।

उहाँले अहिले माछा मात्रै होईन माछाको मुर्रा नै उत्पादन गरेर वार्षिक दुई करोड भुरा उत्पादन गरेर विक्री गर्नुहुन्छ । चौधरीले आफ्नो पोखरीमा उन्नत जातको भुरा उत्पादन गरेर सुनसरी, मोरगं, झापा, इलाम, सप्तरी र छिमेकी मुलुक भारतसम्म विक्री गर्नुहुन्छ । उन्नत जातको माछा प्रतिकेजीसात सयदेखि एक हजार रुपियाँसम्ममा बिक्री गर्नुहुन्छ भने माछाको भुरा पनि सयवटाको ६० रुपियाँमा विक्रि गर्नुहुन्छ । यस हिसाबले पनि चौधरीले बार्षिक ६२ लाखको कारोबार गरी ३० लाख रुपियाँसम्म आम्दानी गर्न थाल्नुभएको छ । माउँ माछा पालेर त्यसको भुरा उत्पादन गरेर विक्री गर्दै आउनुभएको छ ।

माछापालनबाट मासिक दश लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । जिल्लाकै ठूलो माछापालन व्यवसायका रुपमा रह्नुभएका चौधरीको चार वटा साना र ६ वटा ठूला गरी १० वटा पोखरी छन् । यो व्यवसायमा चौधरीको दम्पतीसहित ६ जना कामदार आश्रित छन् । उहाँले विदेश जाने युवाले यही लगानी गरे प्रसस्त आम्दानी गर्न सकिन्छ, उहाँ भन्नु हुन्छ नेपालमा केही गर्न सकिन्छ किन जानुपर्यो विदेश ।

उहाँलाई प्रदेश सरकारले यसपालि मात्रै १५ लाख रुपियाँ अनुदान र आफ्नो १० लाख गरि २५ लाखको लगानीमा स्तरीय भुरा उत्पादन गर्ने ह्याचरीको संरचना निर्माण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter