थप तीन हजार ९३ सङ्क्रमितसहित एक लाख ३९ हजार १२९ पुग्याे

काठमाडौं, कात्तिक ४ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा एक हजार ७०२ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४३१ छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter