चार चरणमा छ हजार शय्याको हाइ डिपेन्डेन्सी यूनिट बनाइँदै

इश्वरचन्द्र झा / काठमाडौं, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका अस्पतालमा छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) छिट्टै सञ्चालन गर्न लागेको छ । सो कार्य चार चरणमा हुने छ । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुबिधासहितको ब्यवस्था गरिएको हुन्छ । हाल देशमा कोराेना सङ्क्रमण बढ्दै गएका बेला धेरै विरामीलाइ अक्सिजन सुविधा चाहिने भएकाले उक्त सुबिधासहितको यूनिट सुरुवात गर्न देशभरिका करिब चार दर्जन अस्पताललाई बजेट पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एचडीयू स्थापनाका लागि अस्पतालहरुलाई चार अर्ब २५ करोड २७ लाख २० हजार रुपियाँ विनियोजन गरी पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा तीन तीन अस्पतालमा गरी सात प्रदेशको २१ अस्पतालमा २५ शय्याको हाइ डेपेन्डेन्सी यूनिट पहिलो चरणमा सञ्चालनमा आउनेछन् ।” सात वटै प्रदेशका अस्पतालमा २५ शय्याको यूनिट सञ्चालनमा आउनेछन् ।

प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी र मेची अस्पताल, प्रदेश २ को जनकपुरधाम, नारायणी र सगरमाथा अस्पताल, वागमती प्रदेशको भरतपुर, हेटौंडा र धुलीखेल अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वाग्लुङ्ग र गोरखा अस्पताल, लुम्बिनि प्रदेशको लुम्बिनि अस्पताल, राप्ती एकेड्मी अफ हेल्थ साइन्स र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली एकेड्मी अफ हेल्थ साइन्स, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिम प्रदेशको सेती, महाकाली र डँडेल्धुरा अस्पतालमा २५ एचडीयू कक्ष ब्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ ।

काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक एक सय शय्याको एचडीयूको बजेट विनियोजन गरी पठाइएको मन्त्रालयले जनाएको छ । उपत्यकाकै परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, दहचोक अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरी अस्पतालमा ५० /५० शय्याको व्यवस्थापन गरिनेछ ।

नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, कान्ति अस्पताल, नरदेवी अस्पताल, मनमोहन कार्डियोभास्कुलर, मेन्टल अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका र भक्तपुर जिल्ला अस्पतालमा २५ /२५ शय्याको एचडीयू क्षमताको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले देशैभरिका अन्य अस्पतालहरुमा पनि चार चरणमा यस्यूता युनिट स्थापना र ब्यवस्थापनको कार्य अगाडि बढ्ने बताउनुभयो । उपत्यकाभित्र थप सुमेरु अस्पताल, मेडिसीटि, नेपाल कोरिया मैत्री अस्पताल, हयाम्स र अल्का अस्पतालमा समेत २५ /२५ बिस्तारै उक्त सुबिधा बिस्तार गरिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter