मृतक एक हजार नाघ्याे, तीन हजार ११४ जना सङ्क्रमित थपिए

काठमाडौं, कात्तिक १८ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ११४ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ४६८ मा सङ्क्रमण पुष्टि

काठमाडौं, कात्तिक १८ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४६८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४६८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६४९ महिला र ८१९ पुरुष रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter