दुई हजार ९०९ सङ्क्रमित थपिए, चार हजार ५०० मुक्त

काठमाडौं, कात्तिक २१ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ९०९ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । हाल ३४ हजार ९०५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५२ हजार ९०८ जना निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ३३८ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३३८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार १५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ३३८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ५७० महिला र ७६८ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार १३३ महिला र एक हजार ७७६ पुरुष छन् । चार हजार पाँच सय जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार एक, ललितपुरमा दुई हजार २२६ र भक्तपुरमा एक हजार २४२ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ३९७ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २६२, ललितपुरमा ६६ र भक्तपुरमा ६९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter