दुई हजार ५७१ थपिए, एक हजार ७९८ सङ्क्रमित निको भए

काठमाडौं, कात्तिक २४ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन्।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ५७१ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ । हाल ३६ हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ । क्वारेन्टिनमा ९७६ जना मात्रै छन् ।

पछिल्लो चौबीस घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ४२८ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४२८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६३० महिला र ७९८ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ५१ महिला र एक हजार ५२० पुरुष छन् । एक हजार ७९८ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार ९८२, ललितपुरमा दुई हजार २५९ र भक्तपुरमा एक हजार १४३ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ४१५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २७५, ललितपुरमा ६८ र भक्तपुरमा ७२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter