दुई हजार ७३६ सङ्क्रमित थपिए, २२ जना कोभिड सङ्क्रमितको मृत्यु

काठमाडौं, कात्तिक २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७३६ जना सङ्क्रमित थपिएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल ३८ हजार ३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ । क्वारेन्टिनमा ९७६ जना मात्रै छन् ।

पछिल्लो चौबीस घण्टामा २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ४२० मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४२० जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२० जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६०३ महिला र ८१७ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ५९ महिला र एक हजार ६७७ पुरुष छन् । ८५३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार ६८६, ललितपुरमा दुई हजार ३५० र भक्तपुरमा एक हजार २२४ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ४२५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २८०, ललितपुरमा ७२ र भक्तपुरमा ७३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा पाँच, ललितपुरमा चार र भक्तपुरमा एक सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter