प्रस्तावित राजदूत अनुमोदितः उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

काठमाडौँ, कात्तिक २७ गते। संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डा निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशाव्यवसाय गरी रहेबसेका नेपालीको हितमा काम गर्ने बताउँदै उहाँहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गर्नुभएको थियो ।

प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएन्न । यसअघि बैठकमा सदस्यले उहाँहरुलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिनुभयो । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter