एक हजार ९१३ थपिए, सङ्क्रमित दुई लाख चार हजार २४२ पुग्यो

काठमाडौं, कात्तिक २७ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएकोमा दुई हजार ३४९ जना निको भएको जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter