कोरोनाकाे सकारात्मक प्रभाव,मास्कमा आत्मनिर्भर,आयात रोकिएन

केशवराज पौडेल / काठमाडौं, मंसिर १६ गते । मास्क उत्पादनमा नेपाल आत्मनिर्भर भएको मास्क उद्योगीहरुले बताउनुभएको छ । लकडाउनपछि नेपालमा समेत मास्ककाे चरम अभाव देखिएकोमा सात महिनाकै समयमा नेपाली व्यापारीहरुको लगनशीलताकै कारण नेपाल मास्कमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको हो ।

सामान्य प्रयोगदेखि मेडिकल प्रयोगमा आवश्यक पर्ने मास्कमा नेपाल आत्मनिर्भरता उन्मुख बनेको प्रस्तावित नेपाल माक्स उत्पादक संघका संयोजक रमन कायस्थले बताउनुभयो ।

नेपालमा दैनिक हजारौको संख्यामा मास्क उत्पादन गर्न सक्ने उद्योगहरु ४३ वटाभन्दा धेरै छन् भने साना तथा मझौला उद्योगहरुको संख्या एक सयभन्दा धेरै छ । कायस्थका अनुसार राम्रोसँग माग भएमा नेपालले दैनिक २५ लाखसम्म मास्क उत्पादन गर्न सक्ने र नेपाली बजारको मास्कले राम्रोसँग धान्ने उहाँ बताउनुहुन्छ ।

नेपालमा आवश्यक रहेको मास्क नेपाली उद्योगहरुले धान्न सक्ने र नेपालमा मास्क आत्मनिर्भरताको बाटोमा हिडेकाले नेपाल सरकारले समेत नेपाली उद्योगीहरुलाई सहज हुने वातावरण तय गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘नेपालमै सहज रुपमा माक्सको उत्पादन भैरहेको छ तर पनि नेपालमा चीन र भारतवाट मास्कआयात भैरहेको छ ’ कायस्थले भन्नुभयो, सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ । नेपालमा करोडौं रुपियाँ माक्स उद्योगमा लगानी भैसकेको कायस्थले भन्नुभयो ।

नेपालभरीका अस्पताललाई आवश्यक पर्ने मास्कसमेत आफूहरुले उत्पादन गर्न सक्ने भएकाले सरकारले सहयोग गरेमा व्यवसायीहरुले थप लगानी समेत गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मास्क उद्योगीको ऐतिहासिक क्षण

नेपाल सरकारले चीन सरकारलाई दुई लाख थान माक्स उपहार दिने तयारीमा थियो । चिनियाँ दुताबासका कर्मचारी काठमाडौंका फार्मेसीहरुमा रहेको माक्सको खोजिमा थिए । त्यतीबेला चिनमा कोरोनाले निक्कै आक्रान्त पारेको थियो । नेपाल सरकारले चीन सरकारलाई मास्क दिने निर्णय गरेसँगै उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुलाई दुई लाख मास्क खोज्न हम्मेहम्मे परेको थियो ।

त्यो समयमा साना तथा घरेलु कार्यालय काभ्रेका प्रमुख केशव पुडासैनीको समन्वयमा उद्योगी सुकदेव जोशीले झण्डै एक लाख थान मास्क नेपाल सरकारलाई उपलब्ध गराउनु भएको थियो । त्यस्तै आफ्नो व्यक्तिगत तर्फबाट १० हजार थान मास्क उपलब्ध गराउनुभएको थियो ।

चैत्रको दोस्रो साता काभ्रेपलाञ्चोक जिल्लाको साँगामा रहेको उद्योगबाट १० हजार थान मास्क चीन सरकारलाई उपलब्ध गराउँदा उद्योगी सुकदेव जोशी औधि खुसी भए । चीनबाट ल्याएको मेशिन, त्यहीबाट ल्याएको कच्चा पदार्थलाई नेपालमा बनाएर उपहार स्वरुप चिनीयाँ राजदूतलाई उहाँले हस्तान्तरण गर्दा चिनियाँ राजदूतले नेपालीको मन निक्कै दयालु र दानवीर रहेको बताउनु भएको उहाँ स्मरण गर्नुभयो ।

माक्सको कारणले काभ्रेका उद्योगीले नेपालमै नमूना भनेर सम्मानित हुनु भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँको मास्क उद्योग नेपालमै नमूना रहेछ पुडासैनीले भन्नुभयो, दिनरात दुःख गरेर एक दिनमै नेपाल सरकारले दिने मास्क उहाँले उपलब्ध गराएर नेपालकै इज्जत जोगाउनु भएको हो ।

अत्यावश्यक सामाग्रीको उद्योग मोफसलमाहुँदा त्यसले मोफसलका जिल्लाहरुमा माक्सको अभाव नभएको जोशीले बताउनुभयो । माक्सको सटेज भएसँगै आफैले प्रशसनसँग समन्वय गरेर मास्क सबैलाई उपलब्ध गराउन सकेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter