एक हजार ३०४ जना सङ्क्रमित थपिए, संक्रमणमुक्त हुने दर ९२.७८ प्रतिशत

काठमाडौं, मङ्सिर १६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३०४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ६३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७८ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६१६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter