विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी काम अघि बढाइनेः मन्त्री भट्टराई

काठमाडौँ, मङ्सिर १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपतिक्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ ।

पशुपतिक्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाह गृह हस्तान्तरणका अवसरमा उहाँले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिनुभयो । समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ ।

“मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ”, उहाँले भन्नुभयो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपतिक्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शवदाह गृह बढाउन लागिएको बताउनुभयो ।

थपियो वातावरणमैत्री शवदाह गृह

वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिनेछ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

बैंकले रु ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो । शवदाहगृह हस्तान्तरण गर्नुहुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताउनुभयो ।

बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाह गृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ । यो शवदाह गृहमा शव जलाउन पनि कम समय लाग्नेछ एकदेखि सवा घण्टामा शव जलाइ सकिने कोषले जनाएको भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ ।

यो यन्त्रमा शवदाहबाट निस्कने धुवाँ भिजेको चिम्नी हुँदै जाने व्यवस्था मिलाइएकाले बाहिर पुग्नु अघि नै शुद्धीकरण भइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले बताउनुभयो । पशुपति क्षेत्रको आर्यघाट र भष्मेश्वर घाटमा गरी १८, विद्युतीय शवदाहगृहमा दुई, वातावरणमैत्री एक गरी तीनवटा शवदाह गृह सञ्चालनमा छन् । विद्युतीय शवदाह गृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको कोषले जनाएको छ ।

कोभिड–१९ बाट निधन भएकाको शव विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ । आजैदेखि सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोभिड –१९ बाट निधन भएकाको शव जलाउने तयारी भएको कोषले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter