एक हजार २७२ थपिए, सक्रिय सङ्क्रमित १५ हजार ४४७

काठमाडौं, मङ्सिर १९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार २७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजार ३१ जनाको परीक्षण गरिएकोमा एक हजार २७२ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ५७५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २१ हजार ८४७ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter