भाइरसबाट ९३.९८ प्रतिशत निकाे, एकहजार १४ सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर २२ गते । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेकाे छ । काेराेना भाइरसबाट ९३.९८ प्रतिशत निकाे भएका छन् । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।

हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार १४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ । छहजार २२० जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ९४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter