अराजकताविरुद्ध सकारात्मक ढङ्गले अघि बढ्न प्रम ओलीको आव्हान

लक्की चौधरी / काठमाडौं, मंसिर २३ गते । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गर्न सबै दललाई सकारात्मक ढङ्गले अघि बढ्न आव्हान गर्नुभएको छ ।

बिहान साढे ११ बजेबाट शुरु भएको बैठक करिब तीन घण्टा बसेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सहभागी दलका नेताहरुले आफ्ना सुझाव दिनुभएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रियता, नेपालको सम्प्रभुता, लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दलको सामुहिक सहयोगको खाँचो औल्याउनुभएको थियो ।

अहिले आफूमाथि विभिन्न शक्तिहरुले लोकतन्त्र र गणतन्त्र विरोधीको आरोप लगाइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षामा आफू सदैव दृढ रहेको र रहिरहने प्रतिवद्धता जनाउनुभएको थियो । केही शक्तिहरुले गणतन्त्र हटाउने सपना देखिरहेको र अहिले टाउको उठाउन खोजेको भन्दै उहाँले त्यस्तो हुन नदिइने प्रष्ट पार्नुभयो ।

छलफलमा दलको तर्फबाट आएको सुझाव र सल्लाहलाई मनन गर्दै सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभएको उहाँको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र घरझगडा चलेपछि राजावादी शक्तिहरुले प्रदर्शन गर्न थालेका छन् । बैठकमा राप्रपाका नेताहरुले सडकमा भइरहेको प्रदर्शनको आफ्नो दलको समर्थन रहेको धारणा राख्नुभएको बुझिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दल नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, जनमोर्चा, नेमकिपाका नेताहरुको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter