निको भएकाे ९४.११ प्रतिशत, एक हजार ३८२ सङ्क्रमित थप

काठमाडौं, मङ्सिर २३ गते । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.११ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६२१ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।

हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । अाठ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter