बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

पर्वत, मङ्सिर २४ गते। पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका दरले अनुदान रकम वितरण गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

फलेबास नगरपालिकाका ११ वटै वडामा गरी कूल ५ सय २५ दशमलव ५ रोपनी बाँझो जमिनमा यस वर्ष कृषकले खेती गरेका थिए । विगत दुई वर्ष पहिलेदेखि बाँझो रहेको खेतबारीमा खेतीगरी ८५ मेट्रिकटन धान र पाँच मेट्रिकटन कोदो उत्पादनमा वृद्धि भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । नगरले कृषकमैत्री कार्यक्रम सञ्चालन गरेको र बाँझो जमिनलाई हराभरा बनाइ आयातलाई प्रतिस्थापन गर्ने सोचका साथ अनुदानका कार्यक्रम अगाडि बढाएको नगरप्रमुख शर्माको भनाइ रहेको छ ।

श्रमिक कल्याणकारी कोष, कृषि ऋणमा व्याज अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले बताउनुभयो । कोभिड–१९ विश्वव्यापीरुपमा फैलिरहेको अवस्थामा हुनसक्ने सम्भावित खाद्य सङ्कटलाई मध्यनजर गरी फलेबास नगरपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम शुरु गरेको थियो ।

नगरको वडा नं १ मा ११ रोपनी, २ मा १३ रोपनी, ३ मा २५० रोपनी, ४ मा ४८ रोपनी, ५ मा ५५ रोपनी, ६ मा ३ रोपनी, ७ मा ३६ रोपनी, ८ मा १७ रोपनी, ९ मा ११.५ रोपनी, १० मा ५० रोपनी र वडा नं ११ मा ३१ रोपनी गरी ५२५.५ रोपनी बाँंझो जमिन सदुपयोग गरी कृषकले धान तथा कोदो रोपेको फलेबासका कृषि शाखाले जनाएको छ ।

फलेबास नगरपालिकाको कार्यालयबाट गरिएको बाली कटानी सर्वेक्षणमा प्रतिहेक्टर २ दशमलव ७ मेट्रिकटनदेखि ४ दशमलव ८ मेट्रिनसम्म उत्पादन भएको पाइएको छ । बाँझो जमिनमा गरिएको खेतीमा अन्यभन्दा १८ प्रतिशतले बढी पाइएको बताइएको छ । सिँचाइको राम्रो सुविधा भएको, उन्नत बीउ, मलजल राम्रो भएको र क्लिन फलेबास ग्रिन फलेबास अभियानअनुसार अनुत्पादक रुख काटछाँट गरेको स्थानमा राम्रो उत्पादन भएको पाइएको कृषि शाखाले जनाएको छ ।

कृषि शाखा फलेबासका अनुसार नगपालिकामा यस वर्ष धान उत्पादन १२ प्रतिशत र उत्पादकत्व ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । गत आव २०७६-७७ मा कूल १९१३ हेक्टर क्षेत्रफलमा ५४३३ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष क्षेत्रफल एक हजार ९५५ हेक्टरमा छ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसै फलेबासमा यसवर्ष कोदो एक हजार ७७८ हेक्टरमा दुई हजार ४०० मेट्रिकटन उपादन भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter