मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल ल्याइने

वीरगञ्ज, मङ्सिर २५ गते । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो ।

निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँग कुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।

कार्यालय प्रमुख भरत रेग्मीले भन्नुभयो, “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ । दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउन छ ।” ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिनेछ । ट्याङ्की आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०÷३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की तयार हुनेछ । साथै अत्याधुनिक प्रयोगशाला र २४ भ्याकरमा एकैपटक पेट्रोल लोड अनलोड गर्ने काम हुनेछन् ।

नेपाल सरकारको करिव रु दुई अर्ब को लागतमा निर्माण भइरहेको सो पाइपलाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ ।
पाइपलाइनमा पेट्रोल ल्याउन मोतिहारीतर्फ काम सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्न आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ ।

कार्यालय हाताभित्र पश्चिमतर्फ छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक कामहरु हुनेछन् ।

अहिले सो पाइपबाट भारत विहारको पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरिएको छ । मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने जनाइएको छ ।

पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत , प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter