एक हजार ४४ थपिए, सक्रिय सङ्क्रमित १२ हजार १४८

काठमाडौं, मंसिर २६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४४ सङ्क्रमित थपिएकोमा एक हजार २७१ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४६ हजार ६९४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १२ हजार १४८ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १८ लाख २० हजार ६१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६७४ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter