सुन्तला बेचेर कृषक बने लखपति एकै गाउँबाट दुई करोडको बिक्री

अमरराज नहर्की / तनहुँ, मङ्सिर २६ गते । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका कृषक सुन्तला बेचेर लखपति बनेका छन् । व्यवसायिक कृषकहरुले पाँच लाखदेखि ६५ लाख रुपियाँसम्म आम्दानी गरेका छन् ।

उमाचोक गाउँका कृषक सुन्तला बचेर मनग्गे आम्दानी लिन थालेपछि सोही गाउँसँग जोडिएको वडा नम्बर १ र ३ का कृषकहरु उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा आबद्ध भई व्यवसायिक सुन्तला खेतीमा लाग्नु भएको र व्यावसायिक रुपमा यस वर्ष रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उमाचोक गाउँबाट यो वर्ष कृषकले दुई करोड दुई लाख रुपियाँ आम्दानी गरेको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

गाउँमा सबैभन्दा धेरै शुकनारायण श्रेष्ठले ६० लाख रुपियाँको सुन्तला बिक्री गरेको अधिकारीले जानकारी दिनुभयो । विश्वबहादुर अधिकारी र निर्मल अधिकारी गरी दुई दाजुभाइले लगाएको सुन्तला बगानबाट रु ६० लाखको सुन्तला आम्दानी भएको समितिले जनाएको छ । सोही स्थानका पूर्व कृषिप्रसार अधिकृत समेत रहनु भएका रामबहादुर थापाले यो वर्ष सुन्तला बिक्री गरेर रु १६ लाख आम्दानी भएको जानकारी दिनुभयो ।

कुल ५० रोपनी क्षेत्रफलमा एक हजार सुन्तलाको बोटबाट गत वर्ष ६५ लाख रुपियाँ आम्दानी भएको शुकनारायणले जानकारी दिनुभयो । यो वर्ष पानी धेरै परेकोले साना दानाको मात्रा धेरै भएकोले गत वर्षभन्दा पाँच लाख कम आम्दानी भएको उहाँले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले उमाचोक जिल्लाकै नमुना सुन्तला बगान भएको र कृषकहरु सुन्तला बेचेर लखपति भएको बताउनुभयो । यहाँका कृषकहरु नमुना भएकाले उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई सुन्तला खेती प्रवर्द्धनको लागि २२ लाख ७२ हजार ४९३ रुपियाँ केन्द्रले सहयोग गरेको छ । सुन्तला खेतीको विस्तार, रोगको निवारण, साना सिंचाई कार्यक्रम सञ्चालन, सुन्तला विरुवा रोपण, वगैचा सुदृढीकरण लगायतको लागि उक्त रकमको व्यवस्था गरिएको र कृषकको लागत सहभागिता समेत गरी ४० लाख रुपियाँमा रहेको केन्द्रका प्रमुख तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा पनि समितिले लागत सहभागिताको लागि १३ लाख ७६ हजार रुपियाँ सहयोग रकम प्राप्त गरेका छन् ।

यहाँ उत्पादित सुन्तला दमौली, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको समितिले जनाएको छ । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सुन्तला खेतीको लागि नमुना गाउँ भएकोले सुन्तला ढुवानीलाई सहज बनाउन उक्त गाउँ जाने मोटरबाटोलाई प्राथमिकता दिएर स्तरोन्नति भईरहेको जानकारी दिनुभयो । यहाँको ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती भईरहेको र २३५ घर आवद्ध भएका छन् भने २७ हजार ९१३ वटा विरुवा लगाईएको समितिले जनाएको छ । समितिका अनुसार गत वर्ष उमाचोक गाउँबाट दुई करोड २२ लाखको सुन्तला विक्री भएको थियो ।

यसैबीच उमाचोक सुन्तला ब्लक क्षेत्रमा विहिबार जनप्रतिनिधि र सरकोरावाला कार्यालयका प्रमुख पुगेको छन् ।

कृषि ज्ञान केन्द्र तनहुँको आयोजना स्थलगत अवलोकनको लागि पुगेका हुन् । किसानको पीरमर्का बुभ्mने, उनिहरुको समस्या समाधान गर्ने तथा प्राप्त सुविधाको सदुपयोग भए नभएको बारेमा जानकारी लिन टोली पुगेको हो ।

जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा टोली पुगेको पुगेको थियो । उक्त अवसरमा समन्वय प्रमुख वाग्लेले सुन्तला वगैचा नमुना रहेको र कृषकले मनग्गे आम्दानी गरेको देखेर गरे के हुँदैन भन्ने अनुभूति गरेको बताउनुभयो ।

कार्यक्रममा समन्वय उपप्रमुख पवित्रा पौडेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, , समन्वय समितिका प्रवक्ता गल गुरुङ, , म्याग्दे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर राना लगायतले जानकारी लिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter