पाँच हजार २४२ परीक्षणमा ८९९ सङ्क्रमित

काठमाडौं, मंसिर २७ गते । नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८९९ सङ्क्रमित थपिएकोमा एक हजार ३५९ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ११ हजार ६७३ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ३४ हजार २३१ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १८ लाख २५ हजार ८६० जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter