डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले मङ्सिर २२ देखि आयोजना गरेको ‘सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध’ रहेको बताउनुभयो ।

उहाँले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैङ्कको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा ‘डिजिटल पर्यावरण’को विकासका लागि राष्ट्र बैङ्क प्रतिबद्ध छ । ”

नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महŒवाकाङ्क्षी योजना अगाडि सारेको भन्दै उहाँले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समयमा नेपालमा विद्युतीय बैङ्किङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानुनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई सबल तुल्याइएको बताउनुभयो ।

डिजिटल बैङ्किङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उहाँले त्यसप्रति नियामक निकाय सजग रहनुपर्ने बताउनुभयो । पछिल्लो समयमा विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ महामारीले डिजिटल बैङ्किङको सान्दर्भिकतालाई थप सबल बनाएको भन्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना÷जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्नेमा उहाँको जोड थियो । नेपालको कुल गार्हस्थ उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झन्डै दुई तिहाइ जनसङ्ख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको भन्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्पmत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा लगिएको बताउनुभयो ।

‘सिङ्गापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैङ्किङ प्रविधिको प्रवद्र्धन र विकासको दृष्टिकोणले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ । डिजिटल बैङ्किङका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका नवप्रवर्तन, नवीनतम अभ्यास, नीतिगत व्यवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिबीच ज्ञान, सीपको आदानप्रदानका लागि यस महोत्सवलाई साझा मञ्चका रूपमा मानिँदै आएको छ ।

शुक्रबारसम्म चलेको महोत्सवमा फरकफरक विषयका सत्र सञ्चालन गरिएको थियो । महोत्सवमा ६०० भन्दा बढी सत्र, एक हजार ४०० वक्ताले आफ्नो धारणा प्रस्तुत, ६० हजारभन्दा बढीको सहभागिता र १३० भन्दा बढी मुलुकका सात हजारभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीबाट प्रतिनिधित्व रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter