पाँच हजार ४२३ आरटी पीसीआर परीक्षणमा ८२१ सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ ।

एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९४.९२ प्रतिशत रहेकाे छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ४२३ जनाकाे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा अहिले ४७१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter