जर्मन प्राविधिक टोलीद्वारा मेलम्ची सुरुङको निरीक्षण शुरु, प्रतिवेदन पछि परीक्षणका लागि पानी पठाइने

मुकुन्द गैरे / काठमाडौं, मङ्सिर २९ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आएर काम सुरु गरेको छ । उक्त टोली यही शुक्रबार आए पछि शनिबारबाट काम थालेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

उहाँहरु आएसँगै सुरुङ निरीक्षण काम सुरु भएको र उक्त टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता पन्तले बताउनुभयो । उक्त प्रतिवेदनले ठीक छ भनेपछि पानी हालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताउनुभयो । ड्याम निर्माणको काम अन्तिम चरण पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

अब भनेको विद्युतीकरणको काम र अनुगमन, प्राविधिक बाहेक लगभग सबै काम अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ । केही महिना यता सुरुङमा पुनरवलोकनको काम भइरहेको छ । अहिले काम द्रुतगतिमा भइरहेको बताउँदै उहाँले काठमाडौँमा पानी झार्न अब धेरै समय नलाग्ने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । प्रवक्ता पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो । बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ ।

उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले चाँडै सकिने बताउनुभयो ।केही समय अगाडि नै अस्थायी बाँध बनिसकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । आयोजनाको काममा हाल कोरोनाको कारण समस्या नरहेको समेत उहाँले बताउनुभयो । बाहिरबाट आउने कामदार निश्चित समय क्वारेनटाइनमा बस्ने गरी व्यवस्था गरेको प्रवक्ता पन्तले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter